अख्तियारद्दारा पशुपतिनाथ मन्दिरमा जडित सुनको जलहरीको तौल गरिंदै

 पशुपतिनाथ     २०८०, १० असार आईतवार २०:००     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर तौल गर्न लागेको हो ।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगि जोख्ने काम भइरहेको छ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामेरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पूजारीहरुलाई स्थलमा राखिएको छ ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

जलहरीको तौल र निरीक्षणका लागि बन्द गरिएको पशुपतिनाथको प्रवेशद्वार