दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

 #दुर्घटना सुदुर पश्चिम प्रदेश     २०८०, ५ असार मंगलवार १८:२८     100 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

बझाङमा दुर्घटना भई नेपालगञ्ज मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा निधन भएको मेडिकल कलेजका निमित्त निर्देशक प्रा.डा. ढुण्डीराज पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

सिंहको शरीरमा जीवित लक्षणहरू केही नदेखिएर ५ः३३ बजे मृत घोषणा गरिएको जनाइएको छ ।

उनलाई दिउँसो ४ बजेर ५८ मिनेटमा हेलिकप्टरले हस्पिटल ल्याएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले पन्तले लोकान्तरसँग भने, ‘उपचारका क्रममा ५ः३३ मिनेटमा उहाँको निधन भयो ।’ दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । मन्त्री सिंहको उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीका अनुसार सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा दुर्घटनामा परेको थियो ।
null