राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनकाे भर्ना भएका पेसमेकर राखिएको हाे ।
अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो। मुटुमा समस्या देखिएपछि उनी शनिबार अस्पताल पुगेका थिए।
पेसमेकरले शरीरमा आवश्यक रक्तसञ्चार नियमित गराएर मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ।
उनलाई अस्पतालको सिसियुमा राखेर मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
गत मंगलबार मात्रै सहिद गंगालाल अस्पताल बाँसबारीमा राष्ट्रपति पौडेलको मुटुको एन्जियोग्राम गरिएको थियो। राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।
गत शनिबार राति थप समस्या भएपछि उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज भर्ना भएका थिए ।
गत वैशाखमा उनकाे भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गरिएकाे थियाे ।