रास्वपाले असार ७ गते ७ प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक घण्टी बजाउने

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०८०, २ असार शनिबार १४:१५     96 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसको अवसरमा असार ७ गते सात प्रदेश र ७७ वटै जिल्लामा एकसाथ घण्टी बजाउने भएको छ । रास्वपा सभापति रवि लामिछानेले शनिवार फेसबुकमार्फत् पार्टी स्थापनाको अवसरमा सात प्रदेश र ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउने घोषणा गरेका हुन् । हेर्नुहोस उनले फेसबुकमार्फत जारी गरेको भिडियो सन्देश ।

‘असार ७ गते रास्वपा स्थापना दिवसका दिन साँझ ७ बजे हामीसँगै ७ प्रदेश अनि ७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउनुहोस्,’ उनले लेखेका छन्, ‘घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्याजट्याग बज्यो घण्टी र अब दुई तिहाइ राखेर पोष्ट गर्नुहोला ।’