संघिय बजेटमा सांसद क्षेत्र विकास कोषको विरोध भईरहंदा कोशीले पनि सदस्यलाई १ अर्ब ५० करोड छुट्टयायो

 कोशी प्रदेश     २०८०, १ असार शुक्रबार ०९:०२     77 जनाले पढ़िसके



Spread the love

विराटनगर । कोशी प्रदेश सरकारले सांसद विकास पूर्वाधार कार्यक्रमको लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।

संघीय सरकारले छुट्याएको बजेटमा विवाद भईरहेको बेला कोशी प्रदेश सरकारले पनि त्यही प्रकृतिको सांसद विकास क्षेत्रको नाममा बजेट छुट्याएको हो ।

प्रत्यक्ष प्रदेश सभा सदस्यलाई दुई करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई एक करोड पाउनेगरि रकम बिनियोजन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट सार्बजनिक गर्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमकोलागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्य विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्न पाउनेछन्।