काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । बैठकले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ ।
नयाँ मुख्य सचिवको रुपमा डा. बैकुण्ठ अर्यालको सम्भावना छ ।
अहिले सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।
हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ । वैरागीलाई सरकारले अन्तै व्यवस्थापन गर्ने भएको छ ।