प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल हुने

 संवाददाता    २०८०, ३१ जेष्ठ बुधबार १०:३४     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग आज छलफल हुँदैछ।

छलफलका लागि संसदीय सुनवाई समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

समितिको छलफलमा २९ जनाले उजुरी दिएको भएपनि २१ जना छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ सकेर भोलि नै नाम अनुमोदन गर्ने कार्यतालिका छ।

गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।