राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

 राष्ट्रपति     २०८०, ३१ जेष्ठ बुधबार ०९:५१     70 जनाले पढ़िसके



Spread the love

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएका छ।

अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबीस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।