बजेट संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेता सहमत

 गठबन्धन     ३० जेष्ठ २०८०, मंगलवार २०:०५     54 जनाले पढ़िसके



Spread the love

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेता सहमत भएका छन् । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएपछि ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको हाे ।

एमालेलगायत विपक्षी दल र सत्तारुढ दलकै केही सांसदले बजेटमा संशाेधन माग गर्दै आएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट संशोधन गर्नुपर्ने बताउँदै संशाेधन नगरे सरकार ढल्ने चेतावनी सार्वजनिक रुपमा नै दिँदै आएका थिए ।

नेताहरुबीच कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा सहमति भएको छ । बजेट वक्तव्यमा उल्लिखित करका दर संशोधन हुने वा नहुने विषयमा भने केही खुलाइएकाे छैन । फोटो : फाईल