काठमाडौँ । नेपाली नागरिकताको माग गर्दै एक युवकले काठमाडौँको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएका कारणपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा विरोध गर्दै आएको छ । यसै क्रममा एक युवकले आत्मदाहाको प्रसायस गरेका हुन् ।
शरीरमा पेट्रोल छर्किएर खन्याउँदा खन्याउँदै उनलाई प्रहरीले तत्काल पक्राउ गरेका कारण आगो भने लगाउन पाएनन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। फोटो : सांकेतिक