कौडेना २ फूलपरासी, सर्लाहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 स्वास्थ्य     २०८०, २८ जेष्ठ आईतवार १८:५६     113 जनाले पढ़िसके



Spread the love

फूलपरासी – सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासी स्वास्थ्य चौकीमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कौडेना गाउँपालिका वडा नं. २ को वडा कार्यालयले स्वास्थ्य चौकीमा निःशुल्क शिविर राखेर स्थानीय नागरिकलाई डेन्टल तथा जेनरल फिजिसियन सेवा प्रदान गरेको हो । वडाध्यक्ष रामदरेश ठाकुरको अध्यक्षतामा आयोजित शिविरमा दाँतका मात्रै १०७ जना बिरामीको उपचार गरिएको छ ।

त्यसमध्ये दन्तरोग विशेषज्ञ डाक्टर अमृता यादव नेतृत्वको टोलीले ३३ जनाको दाँत फुकाल्ने काम गरेको छ । त्यसैगरी, जेनरल फिजिसियन डाक्टर राहुल यादव नेतृत्वको टोलीले १५० जनालाई ब्लड प्रेसर, चिनी रोग पहिचानलगायतको सेवा प्रदान गरेको छ ।

शिविरमा बिरामीलाई औषधि समेत निःशुल्क बाँडिएको आयोजकले जनायो ।