कालिकोटको रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

 #दुर्घटना     २०८०, २५ जेष्ठ बिहीबार ०९:२९     98 जनाले पढ़िसके



Spread the love

वीरेन्द्रनगर : कालिकोटको रास्कोट नगरपालिका-२ सेरा बजारमा जीप दुर्घना हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार बिहान ७ बजे जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको हो।

दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन्। घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।

सेराबजारको वषपार्कमा चालकले जुता लगाउँदै थिए। उक्त गाडी स्टाट गरी न्युटल राखेको थियो। सोही अवस्थामा जीप खोलामा गएर दुर्घटना भएको स्थानीय दिपक सिम्खाडाले बताए ।

‘गाडी स्टाट रैछ, गाडीमा ओड नराखी चालकले जुता लगाउँदै थिए। यात्रु गाडीमा बसिरहेका थिए। गाडी पछाडी गुडेको थियो । तिनजना गाडीमा थिए । दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन्’, प्रत्यक्षदर्शी सिम्खाडाले भने।