हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, मन्त्रालययका सचिव केशव कुमार शर्मा तथा सडक बिभागका महानिर्देशक सुशील बाबु ढकाल तथा नेपालका लागि चिनियाँ राजदुत चेन सङ ले दोश्रो चरणमा बिस्तार हुन गईरहेको चरणमा रहेको चक्रपथ सडक खण्डको कलंकी देखि महाराजगंज सम्मको सडकको अनुगमन गरेका छन।
सो अवसरमा नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले यो सडक निर्माणका लागि चिनियाँ सरकारलाई धन्यबाद दिए। त्यसैगरी चिनियाँ राजदुत सङले चिनियाँ सरकार यो परियोजना समयमै सफल गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको समेत बताए।