बजेट लेखनमा अनधिकृत व्यक्तिको संलग्नता छैन, पूर्व नासुलाई टाइप गर्न राखिएको हो: अर्थमन्त्री

 बजेट     २०८०, २३ जेष्ठ मंगलवार १५:४९     96 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको स्पष्ट पारेका छन् ।

मंगलवार सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट बनाउँदा आधिकारिकबाहेक कोही व्यक्ति पनि संलग्न नभएको स्पष्ट पारेका हुन् ।
बजेट निर्माणमा संलग्न भनिएका पूर्व नायव सुब्बा (नासु) रामकृष्ण श्रेष्ठले निर्णय भएका कुरा टाइप मात्रै गरेको उनको भनाइ छ ।
‘बजेट तर्जुमा दिग्दर्शनअनुसार बजेट बनाइएको हो । कानूनअनुसार गरिएको हो । बजेट बनाउँदा आधिकारिकबाहेक कोही मान्छे छैन,’ उनले भने, ‘बनाइसकेपछि टाइप गर्दा सहयोगी लिएको हो । उहाँ लामो समयदेखि अनुभवी र विज्ञता भएको हुनुहुन्थ्यो । उहाँको काम भनेको आधिकारिक निर्णय भएको कुरा टाइप गर्ने मात्रै हो । उहाँले कर्मचारीकै रूपमा सहयोग गर्नुभएको हो । निर्णय प्रक्रियामा कतै हुनुहुन्न । मन्त्री आफैंले टाइप गरेर बस्दैन ।’

बिचौलियालाई छेउछाउ पनि आउन नदिएको उनले बताए ।