प्रतिपक्षीको नाराबाजीपछि १ घण्टाका लागि प्रतिनिधि सभा स्थगित

 एमाले     २०८०, २१ जेष्ठ आईतवार १४:१८     69 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रतिनिधि सभा बैठक १ घण्टाका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठकमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले बिरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक १ घण्टाका लागि स्थगित गरेका हुन् ।

सभामुखले बारम्बार बस्न आग्रह गर्दा पनि प्रतिपक्षी दलहरुले उभिएर नाराबाजी जारी राखेका थिए ।

आइतबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

आइतबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

एमाले प्रमु्ख सचेतक पदम गिरीले कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।

‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौँ, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसद्मा दर्ता होस्। रातदिन छलफल गरौँला। तर, त्यस्तो हुन सकेन,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ’ उनले भने ।

त्यस्तै उनले फूलबारी बन्दरगाहको पहुँचका लागि लिपुलेक–लिम्पियाधुराको भूभाग दिन सकिनेजस्तो कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने एमालेको भनाइ छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि संसदीय प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्था साझा बन्न नसकेको र सरकारको छाया बनेको आरोप लगाए ।