सीमा समस्या समाधानमा मोदीको अभिव्यक्तिले उत्साहित छु : प्रचण्ड

 प्रधानमन्त्री     २०८०, २० जेष्ठ शनिबार २०:४२     105 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि अन्य विकल्पको खोजीका विषयमा छलफल भएको बताएका छन् ।​

चारदिने भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सीमा समस्या समाधानका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य विकल्पको खोजीका विषयमा समेत छलफल भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगायतको सहभागिता रहेको थियो ।