प्रधानमन्त्री प्रचण्डसँग माेदीका सुरक्षा सल्लाहकार र विदेश सचिवकाे भेट

 प्रधानमन्त्री     २०८०, १८ जेष्ठ बिहीबार ०७:३२     83 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन ।

चार दिवसीय भारत भ्रमणका लागि हिजो बुधवार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएकाे छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग त्यही हाेटलमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट गरेका छन।

प्रधानमन्त्री प्रचण्डले भाेलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन ।

प्रधानमन्त्री प्रचण्ड आउँदाे शनिवार स्वदेश फर्किने तालिका रहेकाे छ ।