बोक्न समेत नसक्ने गरी मलाई सुन लगाइदिएका छन्, समाज छाडा भयो – केपी ओली

 एमाले     २०८०, १७ जेष्ठ बुधबार १६:५९     93 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुनैसुन लगाएर भाइरल बनाइएको तस्वीरप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सुनप्रति कहिल्यै मोह पनि नरहेको बताए ।

‘केपी ओलीको फोटोमा सुनैसुनका, हातैभरी सुनैसुनका, यहाँ (काँधतर्फ संकेत गर्दै) भरी सुनैसुनका, त्यति सुन म बोक्न पनि सक्दिनँ,’ उनले भने ।

ओलीले थपे, ‘अहिले बोक्न नकस्ने गरी मलाई सुन लगाइदिएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’

उनले सानो हुँदा आमाको औंठी ३/४ दिन लगाएको स्मरण गर्दै त्यसयता औंठी समेत नलगाएको बताए । आफूलाई सुनप्रति कहिल्यै रुचि नभएको उनको दाबी छ ।

ओलीले नेपालमा छाडापनले हद नाघेको भन्दै यस्तो छाडापन अहिले कहीँ नरहेको बताए । समाज विकृतितर्फ भासिँदै गएको उनको तर्क छ ।

ओली प्रधानमन्त्री छँदा राखिएको पशुपतिको जलहरी प्रकरणसँग जोडेर तस्वीरमा सुन लगाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गरिएको छ ।

त्यतिबेला बाँकी रहनुपर्ने करीब ११ किलो सुनका विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ ।