दिल्लीमा पुगे प्रचण्ड : विदेश राज्यमन्त्रीले गरिन् स्वागत

 प्रधानमन्त्री     २०८०, १७ जेष्ठ बुधबार १५:४९     79 जनाले पढ़िसके



Spread the love

चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले मीनाक्षी लेखीले स्वागत गरिन् ।

नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपछि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।

पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रचण्ड दोस्रोपटक भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुस्मा स्वराज स्वागतका लागि विमानस्थलमा आएकी थिइन् ।