संसदीय सुनुवाई समितिद्दारा प्रधानन्यायधीशमा सिफारिस कार्की बिरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान,

 सर्वोच्च अदालत     २०८०, १७ जेष्ठ बुधबार ०९:४७     89 जनाले पढ़िसके



Spread the love

काठमाडाैं प्रधानन्यायधीशका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायधिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी आह्वान भएको छ।

संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले कार्की बिरुद्धको उजुरी आह्वान गरेको हो। समितिका अनुसार कार्की बिरुद्धमा कुनै उजुरी भएमा आगामी जेठ २६ गतेसम्म दिन सकिनेछ।

‘नेपालको प्रधानन्याधिस पदमा देहाय बमोजिमका ब्यक्ति (कार्की)को नियुक्तीका लागि संबैधानिक परिषदवाट सिफारिस भई संसदीय सुनवाईका लागि मिति २०८० बैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्योहोरा यसै सुचनाद्वारा सूचित गरिन्छ।’

समितिका अनुसार सुचना दाताले नाम थर, बतन र सम्पर्क नम्बर राख्नु पर्नेछ, यदि कसैले आफनो नाम, थर गोप्य राख्न चाहेमा त्यो पनि पाइने ब्यवस्था गरिएको छ।