सरकारले चौधरीलाई आममाफी दिने निर्णय दिने तयारी गरेपछि कडायतले आइतबारै सर्वोच्चमा रिट दिएको भए पनि मंगलबारमात्रै दर्ता भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएपछि उनी गणतन्त्र दिवसको अवसरमा सोमबार रिहा भइसकेका छन् ।
आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नुपर्ने थियो । टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्केपछि ७ भदौ २०७२ मा एक नाबालकसहित आठ सुरक्षाकर्मीको क्रुर हत्या भएको थियो । फोटो : फाइल