काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले हिजो काठमाडौंको शंखरापुर नगरपालिकामा नेकपा माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको १९ औं साधारणसभाको तथा २१ औं कृष्ण शेन (इच्छूक) को स्मृति दिवश कार्यक्रमको उद्घाटन गरेका छन।
शंखरापुर नगरपालिकाको साँखुस्थित साक्व रिसोर्टमा हिजो देखि शुरु भएको उक्त कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बताएका छन्। देशभरबाट करिव ७०० पत्रकार सहभागी रहेको उक्त कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्मा,पूर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महराले समेत संबोधन गरेका थिए।
उक्त कार्यक्रममा माओवादीका स्थानिय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती थियो। उक्त साधारण सभाबाट आज प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन हुने बताईएको छ।हाल उक्त संस्थाको नेतृत्व बिष्णु सापकोटा (जुगल) गरिरहेका छन् ।