एमालेलाई मेटमणि सुझाव : विरोधका लागि मात्रै विरोध नगर्नुस्

 #नेकपा एकीकृत समाजवादी मेटमणि चौधरी     २०८०, १३ जेष्ठ शनिबार २०:२३     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं, नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका नेताहरूले ठिक कुरालाई पनि ठिक भन्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै उनले विरोधका नाममा विरोध नगर्न आग्रह गरे।

उनले भने, ‘यो फेरि रिराइट गर्ने कुरा ठिक हुन्छ त ? अनावश्यक निहुँ खोज्ने कुरा ? अव्जेशनको नाममा ठिक कुरालाई पनि बेठिक बनाउने कुरा गलत हो।’