नक्कली शरणार्थी प्रकरण : २८ करोड ८१ लाख बिगोसहित पाँच अभियोगमा मुद्दा दर्ता

 नक्कली भुटानी शरणार्थी काण्ड     २०८०, १० जेष्ठ बुधबार १६:५५     106 जनाले पढ़िसके



Spread the love

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका १६ जना र बाँकी फरार रहेका १४ जनागरी कुल ३० जनालाई प्रतिवादी कायम गरी बुधवार अबेर जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ताले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको छ ।

उनीहरूविरुद्ध २८ करोड ८१ लाख ७४ हजार ५०० बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उपाध्यायले बताए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले रकम असुल गरेका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा २ पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् भने बाँकी फरार छन् ।