तोप पड्काएपछि तानिएको रातो मच्छिन्द्रनाथको रथ आजै जावलाखेल पुर्याइने

 चाडपर्व     ८ जेष्ठ २०८०, सोमबार १८:०३     63 जनाले पढ़िसके



Spread the love

रातो मच्छिन्द्रनाथको आजको रथयात्रा शुरु भएको छ । आजको साइतअनुसार ४ बजेर २७ मीनेटमा तोप पड्काइएको बताइएको छ ।

पाटनको इटिचोकमा रहेको रथलाई तानेर आजै साँझ जावलाखेल पुर्याइन्छ । इटिचोकबाट कुमारीपाटी हुँदै साँझ अबेरसम्ममा जावलाखेल पुर्याउनै पर्छ ।

आजको यात्रामा ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी वरिष्ठ उपरीक्षक सिद्धविक्रम शाह, सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक सुमनजंग थापालगायत धेरै श्रद्धालु भक्तजनको भीड लागेको छ ।