प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

 प्रधानमन्त्री     २०८०, २ जेष्ठ मंगलवार १२:४६     85 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन्।

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले महेन्द्रमाला खबरलाई जानकारी दिए। बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने आचार्यले जानकारी दिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दललाई बैठकमा बोलाइएको उनले बताए। त्यस्तै नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीलाई पनि नीति तथा कार्यक्रममाथि सुझाव दिन बोलाइएको छ।

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आज सत्ता साझेदार दलसँग मात्रै छलफल तय भएकाले प्रतिपक्षी दललाई भने बैठकमा नबोलाइएको सञ्चार सल्लाहकार आचार्यले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।