शरणार्थी प्रकरणमा दोषीलाई बचाए सह्य हुने छैन : गोविन्द केसी

 संवाददाता    २०८०, २ जेष्ठ मंगलवार ११:१५     73 जनाले पढ़िसके



Spread the love

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्।

डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस प्रकरणका दोषीलाई बचाए जनस्तरबाट व्यापक प्रतिरोध हुने समेत बताएका हुन्। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी व्यक्तिहरूलाई बचाउने सरकारको प्रयासबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त प्रकरणमा प्रत्यक्ष संलग्न भएको भनेर प्रमाण भएका व्यक्तिहरूलाई समेत राजनीतिक पहुँच र पारिवारिक सम्बन्धका कारण छुँदै नछुने गरी प्रहरीले अनुसन्धान टुंग्याउने तयारी गरेको भन्ने जानकारी हामीले पाएका छौँ। त्यसो गरिएमा कुनै पनि जिम्मेवार नेपाली नागरिकलाई त्यो काम सह्य हुने छैन’,

विज्ञप्तिमा भनिएकाे छ। अभियन्ता केसीले नागरिक अभियानले गोपाल पराजुलीलाई जवाफदेही बनाउन ठूलो भूमिका खेलेकाे पनि बताएका छन्। फोटो : फाइल