संघीयता जोखिममा पर्ने अवस्था आयो : माधव कुमार नेपाल

 #नेकपा एकीकृत समाजवादी     २०८०, १ जेष्ठ सोमबार १७:५३     96 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए ।

‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ,’ नेपालले भने, ‘यस्तो अवस्थामा कम्युनिष्टहरूले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता छ ।’

अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारी महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

कम्युनिष्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्नेमा उनले जोड दिए । विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको उनको भनाइ छ । फोटो : फाइल