पूर्वउपप्रधानमन्त्री रायमाझीलाई म्याद थपका लागि अदालत लगियो

 एमाले     २०८०, १ जेष्ठ सोमबार १५:३४     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं — भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगिएको हो ।

उनी आइतबार राति काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका थिए।

उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीमा रहेका उनी उतैबाट फरार भएका थिए। उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन्।