प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्ने एमालेको विशेष प्रस्ताव

 एमाले     ३० बैशाख २०८०, शनिबार २१:०९     61 जनाले पढ़िसके



Spread the love

एमालेले भनेको छ, ‘अस्थिरता र अराजकताका प्रवृत्तिहरु झाँगिन खोज्दैछन् । यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरुलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरुबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ ।’

बैठकले अन्य १६ वटा प्रस्ताव पारित गरेको छ । जसमा कोशी प्रदेश नामाकरण गरेकोमा धन्यवादसमेत दिइएको छ भने नक्कली भुटानी प्रकरणमा आफ्ना पार्टीका नेताहरूको नाम जबरजस्ती जोडिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

बैठकले आगलागीपीडितका लागि उपचार तथा राहत दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै मीटिरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ ।