भारतीय विदेश मन्त्री र परराष्ट्र मन्त्री साउदको बंगलादेशमा भेटघाट

 संवाददाता    २०८०, ३० बैशाख शनिबार ०७:४९     94 जनाले पढ़िसके



Spread the love

परराष्ट्र मन्त्री एनपी साउदले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् । ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका मन्त्री साउद र भारतीय विदेश मन्त्रीबीच भेटघाट भएको हो ।

दुई नेताबीच भेट भएको फोटो सामाजिक सञ्जाल ट्विटरमा शेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।

साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएका छन् ।

शुक्रबार र शनिबार २ दिन चल्ने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।