प्रधानन्यायाधीश नियुक्ति टुङ्गो लगाउन संवैधानिक परिषद्को बैठक बस्दै,

 संवाददाता    २०८०, २५ बैशाख सोमबार ०८:४५     74 जनाले पढ़िसके



Spread the love

उनीहरूबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषद्को बैठक सोमबार बोलाउने सहमति भएको थियो । सोही सहमति अनुसार शनिबार नै परिषद् बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो । गत चैतमै प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने प्रयास भएको थियो ।

तर, अहिलेका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग एमाले अध्यक्ष केपी ओली असन्तुष्ट रहेका कारण ढिलाइ भएको हो । हुनलाई न्यायाधीश हुँदा कार्की एमाले कोटाबाट भएका थिए । एमालेको सक्रिय कार्यकर्ता रहेका कार्कीले २०७७ मा गरेको संसद विघटनमा भने अध्यक्ष ओलीको कदमलाई असहयोग गरेका थिए । त्यही घटनापछि ओली कार्कीसँग असन्तुष्ट रहेका छन् ।

लामो समयदेखि कार्की कामुको रूपमा रहेका छन् । चोलेन्द्र शमशेर राणालाई महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको रूपमा कार्यरत छन् । आउँदो भदौ पहिलो साता कार्कीले अवकाश पाउँदै छन् । यता प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनवाइ समिति पनि बनेको छैन । फोटो : फाइल