नवाैँ पटक मन्त्रिपरिषद् विस्तारः कांग्रेसका सुरेन्द्र आचार्यले लिए महिलामन्त्रीको शपथ महिला मन्त्रालयका यादवले खानेपानी मन्त्रालय सम्हाल्ने

 प्रधानमन्त्री     २०८०, २४ बैशाख आईतवार २१:१०     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका हुन ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन ।आचार्यले आजै राष्ट्रपतिको कार्यालय शीतल निवास आइतवार मध्यान्ह शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।

 

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने अब महिला मन्त्रालयबाट सरुवा गरेर खानेपानी मन्त्रालय जिम्मेवारी दिइने भएको हो ।