इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो

 #दुर्घटना     २०८०, २३ बैशाख शनिबार ०७:१६     103 जनाले पढ़िसके



Spread the love

इलाम – इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ । सूर्योदय नगरपालिका–१० फिक्कलमा हिजो बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको ज्यान गएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।