काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
पार्टीको पदाधिकारी बैठकपछि सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराधको विषयमा भएको बताए । ‘यो जघन्य अपराधनको विषय हो । दोषी कोही पनि उम्किन पाउँदैनन्,’ उनले भने ।
उनले उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने बताए । ‘राज्य संयन्त्रले गैरकानुनी क्रियाकलाप स्वीकार्दैन। टोपबहादुर रायमाझी दोषी देखिए कारबाही हुन्छ । यो जघन्य अपराध हो । हामीले यो विषयलाई गम्भीर रूपमा लिएका छौं,’ उनले भने ।
फोटो : फाइल