काठमाडौं। संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भोटखोला–४ सिप्रुङको जिजिङ्खामा माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको हेलिकोप्टर दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको हो।
हेलिकोप्टरमा पाँच जना सवार थिए, जसमा हेलिकोप्टरमा सहयोगीको काम गर्दै आएका भविन गुरुङको मृत्यु भएको हो। अन्य बाँकी घाइतेको भने काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
दर्ता नम्बर ९एन–एजेजेड रहेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो।