राष्ट्रपति पौडेलद्दारा नेपाली क्रिकेट टोलीलाई बधाई तथा प्रशंसा व्यक्त

 राष्ट्रपति     २०८०, १९ बैशाख मंगलवार २१:४६     93 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमार्फत संयुक्त अरब इमिरेटस् (युएई)लाई हराएर एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएकोमा खेलाडी,प्रशिक्षक र पदाधिकारीलाई उनले बधाई दिएका हुन् । ‘नेपाली टोलीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रसंशा गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि नेपाली क्रिकेट टोलीबाट यस्तै उत्कृष्ट प्रदर्शनको आशा राख्दै नेपाल र नेपालीको नाम राख्न सफल हुने विश्वास राख्दै शुभकामना पनि दिएका छन् । फोटो : फाइल