लुम्बिनी,कर्णाली र सुदुरपश्चिमका जिल्लामा हुने नागरिक अभिनन्दन ग्रहण गर्न पुर्व राजा नेपालगन्ज पुगे

 संवाददाता    २०८०, १७ बैशाख आईतवार ०८:५२     117 जनाले पढ़िसके



Spread the love

बाँके । लामो बसाइको समय मिलाएर पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगञ्ज पुगेका छन । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा–रानी, हिमानी, प्रेरणा, शोभा शाही, शिताष्मा शाह नेपालगञ्ज आइपुगेका छन ।

शुक्रबार साँझ नेपालगञ्ज आएका पूर्वराजपरिवार सदस्य आइतबार जुम्लामा हुने नागरिक अभिनन्दनमा एवं २० गते नेपालगञ्जमा हुने नागरिक अभिनन्दनमा सहभागी हुने राप्रपाका सहायक महामन्त्री तथा प्रचार प्रसार उपसमितिका संयोजक ऋषिराज देवकोटाले जानकारी दिए ।

पूर्वराजा वैशाख १८ गते सोमबार नेपालगञ्जको वागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम छ भने २० गते नेपालगञ्जको रामलीला मैदानमा नागरिक अभिनन्दन राखिएको छ । नागरिक अभिनन्दनका लागि राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद डा. धवलशमशेर राणाको संयोजकत्वमा ५ हजार एक सदस्यीय मूल समिति र विभिन्न १४ वटा उपसमिति बनाइएको छ ।

नागरिक अभिनन्दनलाई भव्य बनाउन राजावादी, हिन्दुवादी, राजा चाहने व्यक्ति सक्रियपूर्वक लागेका छन् । पूर्वराजा एक महिना नेपालगञ्ज बस्ने बताइएको छ ।