राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भोलि डिस्चार्ज हुने

 राष्ट्रपति     २०८०, १६ बैशाख शनिबार २०:५५     96 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतमा उपचाररत राष्ट्रपति पौडेल भोलिसम्ममा डिस्चार्ज हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको हो ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । फोटो : फाईल