रवि र स्वर्णिमले लिए प्रतिनिधिसभा सदस्यको शपथ

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०८०, १५ बैशाख शुक्रबार १७:१०     94 जनाले पढ़िसके



Spread the love

काठमाडौं । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्यहरुले आज शपथग्रहण गरेका छन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने अनुपस्थित रहे।