लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस नेता चौधरीको दाबी प्रदेश प्रमुख समक्ष पेस

 संवाददाता    २०८०, १४ बैशाख बिहीबार १४:५३     100 जनाले पढ़िसके



Spread the love

दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन्।

बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनलाई ८ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

चौधरीले नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन्।

गत पुस २७ गते नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले यही वैशाख ११ गते प्रदेशसभामा पुन: विश्वासको मत पाएनन्। उनले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन हुन लागेको हो।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समय तोकेका थिए।