रवि लामिछाने चितवन–२ बाट दोस्रो पटक पनि अत्यधिक मतका साथ विजयी

 उपनिर्वाचन     २०८०, १२ बैशाख मंगलवार १३:३८     158 जनाले पढ़िसके



Spread the love

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दोस्रो पटक विजयी भएका छन्। गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन्। लामिछानेले ५४,१७५ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्। लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् ।

उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए। नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो।