सम्पन्न भयो निर्वाचन, तनहुँमा ५२ र चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

 निर्वाचन आयोग     २०८०, १० बैशाख आईतवार १९:२८     73 जनाले पढ़िसके



Spread the love

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ ।

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उहाँले बताउनु भयो ।

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।

यसैगरि चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।