यात्री मोटरसाइकल दर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री     २०८०, १० बैशाख आईतवार १२:१९     161 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्री लगायत नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

नेपालमा उत्पादन भएको यात्री मोटरसाइकलको दर्ता हुन नसकेको भन्ने तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदाश बैरागीलाई आवश्यक कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

‘यात्रीलगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।