राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। थप उपचारका लागि बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्स मार्फत भारतको नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलको उपचारका नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) हुने छ। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।