जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

 प्रधानमन्त्री     २०८०, ५ बैशाख मंगलवार २०:५९     97 जनाले पढ़िसके



Spread the love

काठमाडौं – सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू(उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।

उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।