ह्याम्स अस्पतालमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

 #दुर्घटना     २०७९, २५ चैत्र शनिबार १७:१८     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा झरेको छ ।

हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विरामी लिन भरतपुर जानका लागि हेलिकप्टर डाक्टर लिन ह्याम्स अस्पतालको हेलिप्याडमा ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटना भएको हो।
हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ। पाईलट सकुशल रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।