सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले चुनावअघि नै प्रण गरेको बताएका छन् ।
शनिबार गृहजिल्ला सुर्खेत आएका खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट आउने बताए।
मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै खड्काले कठिन परिस्थितिका विच पनि कर्णालीलाई केन्द्रले विशेष सम्बोधन गर्ने बताए।