न्यायाधीश फुयालको एकल इजलासमा पेसी परेको हो। लामिछानेको मुद्दाको पालो आठौं नम्बरमा परेको छ। यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी परेको थियो।
तर, उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो। यसअघिको नागरिकता विवादसम्बन्धी मुद्दामासमेत सिन्हासहितको संवैधानिक इजलासले फैसला गरेकाले उक्त मुद्दा आफूले हेर्न नमिल्ने निर्णय सिन्हाले गरेका थिए।
लामिछानेले वैशाख १० मा चितवन–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी समेत दिएका छन्। उनको उम्मेदवारीलाई लक्षित गर्दै रिट दायर गरिएको हो।
लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो।
योसँगै उनी सांसद पद र नागरिकताविहीन भएका थिए। सर्वोच्चको उक्त फैसलालगत्तै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिएका थिए।