रवि लामिछानेको उम्मेदवारी विरुद्ध युवराज सफलद्दारा निर्वाचन अधिकृतको कार्यालयमा समेत उजुरी दर्ता

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०७९, २१ चैत्र मंगलवार १३:०४     91 जनाले पढ़िसके



Spread the love

चितवन । निर्वाचन अधिकृतको कार्यालयमा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरीमा नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उल्लेख छ ।

रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सोअघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा बताइएको छ।

अधिवक्ता पौडेलले उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरेका छन । सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए।